सिद्धार्थ इन्स्योरेन्समा दर्जन बढी कर्मचारीलाई रोजगारीको अवसर




काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दर्जनको संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सञ्चालनमा रहेका र आउने शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले उपत्यका भित्र र बाहिरका जिल्लाका शाखा कार्यालयमा जुनियर असिस्टेन्टदेखि मार्केटिङ अफिसरसम्मका पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सुर्खेत (कर्णाली प्रदेश) का लागि अफिसर÷ सिनियर अफिसर पदमा एक जनाको लागि आवेदन खुलाएको छ । उक्त पदमा स्नातक तह उतिर्ण गरी बीमा, बैंक, एफएमसीजी, अटोमोबाइल वा कुनै अन्य वित्तीय क्षेत्रमा न्यूनतम ५ बर्षको अनुभव भएका इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

यसैगरी, कम्पनीले बुटवल (लुम्बिनी प्रदेश) र धनगढी (सुदुरपश्चिम प्रदेश) का लागि अफिसर÷ सिनियर अफिसर पदमा एक–एक जनालाई आवेदन खुलाएको छ । जसमा स्नातक तह उतिर्ण गरेर बीमा, बैंक, एफएमसीजी, अटोमोबाइल वा कुनै अन्य वित्तीय क्षेत्रमा कम्तिमा ३ बर्षको अनुभव भएका इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, क्लेम तर्फ असिस्टेन्ट/ सिनियर असिस्टेन्टको पदका लागि विराटनगर, विरगंज, नारायणघाट, पोखरा, भैरवहा, नेपालगंज, सुर्खेत र धनगढीका लागि एक–एक जनाको लागि कम्पनीले आवेदन खुलाएको छ ।

इच्छुक आवेदक स्नातक तहमा मेकानिकल ईन्जिनियरिङ अथवा अटो मेकानिक्स मा उतिर्ण भएको हुनुपर्छ । यसका साथै सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको अनुभव पनि हुनुपर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले उपत्यका भित्र र बाहिरका लागि मार्केटिङ र प्रशासन तर्फ असिस्टेन्टदेखि जुनियर अफिसरसम्मको पदका लागि आवेदन खुलाएको छ । मार्केटिङका लागि स्नातक तह उतिर्ण भई बीमा, बैंक, एफएमसीजी, अटोमोबाइल वा कुनै अन्य वित्तीय क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्

तोकिएको अनुभव र शैक्षिक योग्यता पुरा गरेका व्यक्तिले असोज १४ गतेसम्म कम्पनीको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु