मेगा बैंकमा १७ जनालाई रोजगारीको अवसर




काठमाडौं । मेगा बैंकले ठुलो संख्यामा रोजगारी खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् १७ जना कर्मचारी माग गरेको हो ।

बैंकले उपत्यका भित्र र बाहिरका जिल्लाहरुका लागि असिस्टेन्ट, ब्राञ्च म्यानेजर, अफिसर र म्यानेजर पदका लागि रोजगारी दरखास्त आह्वान गरेको छ । जसमा केन्द्रीय कार्यालयको लागि १ जना र भैरवाह ब्राञ्चका लागि १ जना म्यानेजर माग गरेको छ ।

साथै, सिनियर र जुनियर अफिसर ५ जना र ब्राञ्च अप्रेशन/विजनेसको लागि गरी १० जना असिस्टेन्ट माग गरिएको हो

उक्त पदमा बैंकले तोकेको शैक्षिक योग्यता र अनुभव भएका इच्छुकले असोज १३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु