एनसीएचएलले माग्यो दर्जन बढी कर्मचारी




काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेट (एनसीएचएल) ले दर्जन बढी कर्मचारी माग गरेको छ । बुधबार सार्वजनिक सुचनामार्फत् एनसीएचलले १३ जनाको लागि रोजगारी दरखास्त आह्वान गरेको हो ।

एनसीएचएलले डिजिटल मार्केटिङदेखि प्रोजेक्ट कोडिनेटरसम्म गरी विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ । तोकिएको शैक्षिक योग्यता र अनुभव भएका इच्छुकले असोज १३ गतेसम्म एनसीएचएलको आधिकारीक वेव साइटमार्फत् आवेदन दिन सक्नेछन् ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त संस्था हो ।


क्लिकमान्डु