६ हिमाल आरोहणका लागि २३० जनाले लिए अनुमति



काठमाडौं । अटम सिजनमा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म २५ समूहबाट १७८ जना पुरुष र ५२ जना महिलाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

जसमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७१ जना, धौलागिरि हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।
मरियाङ हिमाल आरोहणका लागि ८ जना, कुम्भकर्ण हिमाल आरोहणका लागि ५ जनाका साथै कञ्चनजंगा हिमाल र पुथा हिमचुी आरोहणका लागि ३/३ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहणको अनुमति दिए वापत विभागले हालसम्म २ करोड ३० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।


क्लिकमान्डु