सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङबीच सम्बन्धि सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडकस्थित सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बिच सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुतm रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयमार्फत् निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

बैंकका मुलुकभर ९६ शाखा कार्यालय, ३१ एटिएम छन् ।


क्लिकमान्डु