प्यान कार्ड नहुनेले पनि क्यूआर कोडबाट ५ हजारसम्म कारोबार गर्न पाउने



काठमाडौं । स्थायी लेखा नम्बर (प्यान कार्ड) नलिएकाहरुले पनि क्यूआर कोडको सुविधा उपयोग गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै दैनिक ५ हजार रुपैयाँसम्म कारोबार गर्ने गरी क्यूआर कोडको सुविधा दिएको हो ।

व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति वा खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा भुक्तानी प्रादायक संस्थाले निजको मर्चेन्टको रुपमा क्यूआर कोर्ड उपलब्ध गराउन सक्ने केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशनमा भनिएको छ ।

साथै, प्यान कार्ड लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा समेत बैंक तथा वित्तीय संस्थाले बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोर्ड उपलब्ध गराउन सक्नेछन् ।


क्लिकमान्डु