हिमालयन बैंकले सञ्चालक समितिको अध्यक्षबाट तुलसी गौतमलाई हटायो



काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षबाट तुलसी गौतमलाई हटाएको छ ।

हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । कोषबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका गौतमलाई सरकारले नियम विपरित पदमा बसेको भन्दै हटाएको थियो ।

सरकारको निर्णयको विरोधमा सर्बोच्च अदालत गएका गौतमको पक्षमा सर्बोच्चले फैसला गरेको थियो । कर्मचारी संचय कोषको प्रमुख प्रशासक हुनका लागि संचयकर्ता हुनुपर्ने व्यवस्था भएपनि गौतम संचयकर्ता नभएपनि पदमा बसिरहेका छन् ।

हिमालयन बैंकको सञ्चालक समितिले अध्यक्षबाट गौतमलाई हटाउने निर्णय गरेको हिमालयन बैंक स्रोतले जानकारी दियो । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्ष गौतमलाई हटाउने निर्णय गरेको हिमालयन बैंक सम्बन्ध उच्च स्रोतले जानकारी दियो ।

कर्मचारी संचय कोषको सञ्चालक समितिले हिमालयन बैंकमा पत्र लेखेर संचय कोषमा हिमालयन बैंकको सञ्चालक समितिको प्रतिनिधित्व गौतमले नगर्ने अबदेखि जिनेन्द्र धितालले गर्ने उल्लेख छ ।

सेयरधनी रहेका संचय कोषले आफूले पठाउने संचलक परिवर्तन गर्न सक्ने भएको हुँदा कोषको सञ्चालक समितिको पत्र अनुसार हिमालयन बैंकले गौतमलाई सञ्चालकबाट हटाएको हो ।

गौतमको ठाउँमा धिताल हिमालयन बैंकको सञ्चालक हुने छन् । बैंकको संचालक समितिको अध्यक्ष पनि धिताल नै हुने छन् । धिताल संचय कोषमा दोस्रो बरियताको कर्मचारी हुन् ।


क्लिकमान्डु