चिपको अभावले मोबाइल फोन महंगो हुँदै, नयाँ मोबाइल सार्वजनिक गर्न समस्या



चिपको अभाव मोबाइल कम्पनीका लागि ठूलो समस्याका रुपमा आएको छ । यसको प्रत्यक्ष असर नयाँ सार्वजनिक हुने मोबाइल फोनमा परेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष फोन सार्वजनिक हुने संख्यामा कमी हुने अनुमान गरिएको छ । यसमा सानादेखि ठूला ब्राण्डसम्मका फोन पर्छन् ।

मोबाइल कम्पनीहरुका लागि उत्पादनको समस्या र फोनको मूल्य बढाउने लगायतका समस्या देखिएका छन् । मोबाइल चिपको अभावका कारण फोनको मूल्य बढ्दै गइरहेको छ ।

मोबाइल फोनका लागि अभाव भएका सामानमा पावर म्यानेटमेन्ट सर्किट्सको अभाव प्रमुख हो । यसका साथै मेमोरी, प्रोसेसर र लजिस्टिक्सको बढ्दो लागत पनि मोबाइल कम्पनीका लागि चिन्ताको विषय बनेको छ ।

काउन्टरपोइन्टका अनुसार संसारभर टपब्राण्डका फोन सार्वजनिक गर्ने काम रोकिएको छ । काउन्टरपोइन्टले चाडपर्वको समयमा सबैभन्दा ठूलो मूल्य मोबाइल कम्पनीहरुले चुकाउनुपर्ने बताएको छ । चाडपर्वमा ग्राहकले टेलिकम, फेसन, इलेक्ट्रोनिक्स जस्ता सामानको खरीद धेरै गर्छन् । चाडपर्वका बेला मोबाइल फोन सार्वजनिक रोकिदा मोबाइल कम्पनीले ठूलो मूल्य चुकाउनुपर्ने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष २०७ वटा मोबाइल मोडल सार्वजनिक भएका थिए । यो वर्ष अहिलेसम्म जम्मा १०३ वटा मोडलमात्रै सार्वजनिक भएका छन् । यो वर्ष मोडल सार्वजनिकमा डेढ दर्जनले कमी भई १९० मोडल सार्वजनिक हुने अनुमान गरिएको छ ।

हालसालै भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी जियोले नेक्स्ट फोन सार्वजनिक रोकेको छ । जियोले चिपको अभाव र अन्य कारणले सार्वजनिक गर्ने कार्य रोकिएको बताएको छ ।

चिपको अभावले जियोको नेक्स्ट फोनमात्रै नभएर अन्य कम्पनीका मोबाइल पनि सार्वजनिक हुनबाट रोकिएका छन् । चिपको अभावसँगै सिपिङमा ढिलाइका कारण पनि मोबाइल मोडल सार्वजनिक रोकिएका छन् ।

रिलायन्स इन्डष्ट्रिज को डिजिटल प्ल्याटफर्म जियो प्ल्याटफर्मले जियो नेक्स्ट फोन दिपावलीमा उपलब्ध गराउने बताइएको छ । दिपावलीसम्ममा जियोले सेमिकन्डक्टरको अभाव पूरा गर्ने समय पाउनेछ । जियोले ३० करोड फिचर फोन ग्राहकलाई लक्षित गरेको बताइन्छ ।

मोबाइल फोनका पाटपुर्जाको अभावका कारण स्मार्टफोनको सिपमेन्टमा ५ प्रतिशत देखि १० प्रतिशतले कमी हुनसक्छ । यो वर्ष चिपको अभावका कारण सिपमेन्टमा असर परेको दोस्रो पटक हो ।


क्लिकमान्डु