आर्थिक गतिविधि बढाउँदै ७% को आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतवार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याउने बताए ।

आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तीव्र बनाउने, करको दायरालाई बिस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए ।

साथै पुँजीगत खर्च औसतमा मासिक १० प्रतिशतका दरले खर्च गर्ने पनि योजना रहेको र त्यसलाई कार्यान्वयन गरी छाड्ने समेत जिकिर गरे ।
त्यस्तै बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उनको भनाइ छ ।

उनले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको पनि जानकारी दिए । चुँलिदो व्यापार घाटा कम गर्न आयात प्रतिस्थापनका लागि बजेटले कदम अगाडि बढाएको उनको भनाइ छ ।

उनले यसका लागि उत्पादन क्षेत्रमा जोड दिने समेत बताए । कृषि बाली बीमालाई ८० प्रतिशत पुर्याउनुका साथै २०० मेघावाटभन्दा माथिका जलविद्युत् आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्राउन १५ वर्षसम्म र थप ६ वर्ष ५० प्रतिशत कर छुट दिने व्यवस्था गरिएको बताए ।

उनले उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्यययन गरिराखिएको पनि जानकारी दिए ।

अर्थमन्त्री शर्माले बर्हिगमित लडाकुहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम रहेको पनि उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीबाट भएको आम्दानीमध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गर्ने मन्त्रालयले त्यसमा बनाउन लागेको पनि उनको भनाइ छ ।


क्लिकमान्डु