नेशनल लाइफ इन्स्योरेन्सले तीन दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्दै



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले असोज १ गतेदेखि ३ गतेसम्मपोखरामा तीन दिने सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडीआरटी बिजेता र वर्षका टप अभिकर्तालाई सम्मान र प्रशिक्षण गर्नका लागि कार्यक्रम आयोजना गर्न लागेको हो ।

सन् २०२० जनवरी १ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्ममा अभिकर्ताले ल्याएको व्यवसायका आधारमा एमडीआरटी प्रमाणिकरण हुन्छ । कार्यक्रममा कम्पनीका तर्फबाट रबिन कटवाल प्रशिक्षकका रहनेछन् ।

कार्यक्रममा सन् २०२१ मा एमडीआरटी बिजेता र आव २०७७/७८ मा एक करोडभन्दा बढी व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान र तालिम दिनेछ ।


क्लिकमान्डु