नेशनल माक्रोफाइनान्स लघुवित्तले कर्मचारी माग्यो



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

लघुवित्तले कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदमा केही संख्यामा आवेदन माग गरेको छ ।

अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका तथा सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवदेन दिन सक्नेछन् । महिला उम्मेद्वारको हकमा थप ५ वर्ष उमेर सम्मकाले आवदेन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिले नेशनल माइक्रोफाइनान्स लघुवित्तको वेवसाइटमा गएर १५ दिनभित्रमा अनलाई आवदेन भर्न सक्नेछन् ।

परीक्षा दस्तुर अधिकृत श्रेणीको रु ३ सय र सहायक श्रेणीको रु २ सय इसेवा र खल्ती एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।


क्लिकमान्डु