लुम्बिनी प्रदेशमा १८ जना कर्मचारीका लागि लोकसेवाले खुलायो जागिर



काठमाडौं । लुम्बिनी प्रदेशमा चौथो र पाँचो तहमा १८ जना कर्मचारीका लागि लोकसेवा आयोगले जागिर खुलाएको छ । आयोगले आज एक विज्ञापन प्रकाशित गरी पाँचौ तहमा ७ जना र चौथो तहमा ११ जनाका लागि जागिर खुलाएको हो ।

प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आग्रहमा प्रदेश निजामती सेवा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन खुलाइएको हो ।

पाँचौ तहमा आवेदनका लागि ५ सय र थप समूहका लागि प्रत्येकका लागि २५० रुपैयाँ तोकिएको छ भने चौथो तहको हकमा ४ सय रुपैयाँ र प्रत्येक थप समूहका लाथि थप २ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । इच्छुकले असोज १४ गतेसम्म र दोब्बर दस्तुर बुझाएर असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु