नेकपा एमालेले गर्यो दुवै सदन अवरुद्ध, प्रतिनिधि सभा १५ र राष्ट्रिय सभा ३० मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिपक्षि दल नेकपा (एमाले) ले संघीय संसदका दुवै सदन अवरुद्ध गरेको छ ।

एमालेको नाराबाजी पछि प्रतिनिधि सभा १५ मिनेट र राष्ट्रिय सभा ३० मिनेटका लागि स्थगित गरिएको छ ।


गत साउन ३२ गते प्रतिनिधि सभाको आठौं अधिवेशन अन्त्य भएपछि बुधबार ४ बजेका लागि बोलाइएको नवौं अधिवेशन शुरु भएलगत्तै एमालले संसदमा नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।

संसद शुरु भएलगत्तै बोल्दै एमाले नेता विशाल भट्टराईले सरकारले प्रतिनिधि सभाको आठौं अधिवेशन अन्त्य गरेर संसद नचलेको बेला दल फुटाउने अध्यादेश ल्याएको र एमालेले आफ्ना नेताहरुलाई कारबाही गरेकामा सभामुखले कारबाहीको सूचना जारी नगरेकाले एमालले संसद अवरुद्ध गर्न लागेको बताएका छन् ।


१४ जना सांसदलाई अनुशासनको कारबाही गरेको एमालेले सभामुखका कारण उनीहरुलाई कारबाहीमा ढिला भएको र अर्को दल दर्ता गर्नका लागि सभामुखले सरकारलाई सहयोग गरेको एमालेको भनाइ छ ।


एमाले नेताहरुले ‘संसदको सर्वोच्चता कायम गर’…‘विधिको शासन कायम गर’… भन्दै नाराबाजी गरेका हुन् ।


क्लिकमान्डु