सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी व्यवसायीक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरूले कम्पनीको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले बताए ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरू लाभान्वित हुने धारणा व्यक्त गरे ।


क्लिकमान्डु