नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले कर्मचारी माग्यो



काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले रिक्त रहेका विभिन्न पदमा कार्यक्षमता मूल्यांकन बढुवाद्वारा र आन्तरिक एवं खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

कार्यक्षमताको मूल्यांकनद्वारा २ जना वरिष्ठ अध्ययन निर्देशक र अध्ययन उपनिर्देशक तथा आन्तरिक प्रतियोगिताद्वारा अध्ययन निर्देशक १ जना, प्रशासकीय तथा वित्तीय उपनिर्देशक १ जनाका साथै प्रशासकीय तथा वित्तीय अधिकृत १ जना बढुवा गर्नेछ ।

त्यस्तै खुला प्रतियोगितात्मक परिक्षाद्वारा अध्ययन उपनिर्देशक १ जना, अध्ययन उपनिर्देशक १ जना महिला, प्रशिक्षण तथा अनुसन्धान अधिकृत २ जना, प्रशिक्षण तथा अनुसन्धान अधिकृत समावेशीबाट १ जना, प्रशासकीय तथा वित्तीय अधिकृत समावेशीबाट १ जना । प्रशासकीय तथा वित्तीय अधिकृत मधेशीबाट १ जना तथा वरिष्ठ सहायक दलितबाट १ जना गरी जम्मा ८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

लिखित र प्रयोगात्मक किसिमले लिइने यो परिक्षा लोकसेवा आयोगले लिनेछ ।

दरखास्त फाराम र पाठ्यक्रम प्रतिष्ठानको वेवसाइट www.nasc.org.np बाट डाउनलोड गर्न सकिनेछ ।

अधिकृत द्वितीय श्रेणीमा २१ वर्ष उमेर पुगेका र ४० वर्ष ननाघेका, अधिकृत तृतीय श्रेणीमा २१ वर्ष उमेर पुगेका तर ३५ वर्ष ननाघेका र वरिष्ठ सहायक पदमा १८ वर्ष उमेर पुगेका तर ३५ वर्ष ननाघेका, कुनै वातकसुर नलागेका र योग्यता पुगेका व्यक्तिले आवदेन दिन सक्नेछन् ।

परीक्षा दस्तुर १ हजार रुपैँया प्रतिष्ठानको नेपाल बैंक लिमिटेड जावलाखेल, ललितपुर स्थित चल्ती खाता नं १९१००१००१७४४६५०००००१ मा जम्मा गरेर सक्कल भौचर साथमा राखी प्रतिष्ठानमा दर्ता गराउनुपर्नेछ ।

दरखास्त बुझाउने समय खुल्ला प्रतियोगितातर्फ असोज ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म रहेको छ ।

आन्तरिक प्रतियोगितातर्फ असोज ७ गतेसम्म र बढुवातर्फ असोज १ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।

नियुक्त गरिएका कर्मचारीको परिक्षणकाल महिलाको हकमा ६ महिना र पुरुषको हकमा १ बर्षको हुनेछ ।


क्लिकमान्डु