नेपाल विद्युत् प्राधिकरणमा ३३० जनाका लागि जागिर खुल्यो



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३३० जनाका लागि जागिर खुलाएको छ । खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत जागिर खुलाएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा अनलाइन आवेदन भर्न सक्नेछन् ।

प्राधिकरायले परीक्षा दस्तुर अधिकृतस्तरको दशौँ तहका लागि २ हजार, नवौँ तहका लागि १६ सय, आठौँ तहका लागि १४ सय, साताँै तहका लागि १२ सय शुल्क तोकेको छ ।

एउटै उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा तह ८ देखि १० को प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ, तह ७ को प्रत्येक समूहका लागि थप ४ सय रुपैयाँ लाग्नेछ ।

सहायक स्तरमा पाँचाँै तहका लागि ८ सय, ४ तहका लागि ७ सय र तेस्रो तहका लागि ६ सय रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । एकै उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा पाँचौँ तहको प्रत्येक समूहका लागि थप ३ सय रूपैयाँ, ४ र ३ तहका प्रत्येक समूहका लागि थप २ सय रूपैयाँ शुल्क लाग्नेछ ।

दरखास्त दिने अन्तिम मिति सम्ममा अधिकृत स्तर सातौँ तहका लागि २१ वर्ष पूरा भई ३५ बर्ष ननाघेको, महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० बर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । आठ वा सोभन्दा माथिको पदका लागि ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

त्यस्तै सहायक स्तरको तेस्रो, चौँथो र पाँचौँ तहका पदमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका तर महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० बर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् ।


क्लिकमान्डु