नेपाली सेनाले सैन्य पदमा ४ हजार जनाका लागि जागिर खुलायो



काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ४ हजार जनाका लागि जागिर खुलाएको छ । शुक्रबार विज्ञापन प्रकाशित गर्दै खुला तथा समावेशी समूह अन्तर्गत जागिर खुलाएको हो ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डामार्फत सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा खुलातर्फ २ हजार ९६ जना, कर्तव्य पालनाका सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि १०८ जना, महिला ३६० जना, आदिवासी जनजातितर्फ ५७३ जना, मधेशीतर्फ ५०५ जना, दलिततर्फ २७३ र पिछडिएका क्षेत्रतर्फ ८५ जना गरी ४ हजार जनाका लागि जागिर खुलाएको हो ।

इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै दोब्बर दस्तुर बुभाएर असोज १७ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाली सेनाले २६ वटा भर्ना केन्द्र तोकेको छ । जसमा १८ वर्ष उमेर पूरा भइ २२ वर्ष उमेर ननाघेका इच्छुकले आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु