पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्बको व्यवसाय, सबैभन्दा अघि शिखर इन्स्योरेन्स



काठमाडौं । चालु आर्थिक पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले साउन मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिद्वारा प्राप्त तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको व्यवसायको विवरण समावेश गरिएको छैन् ।

समितिबाट उपलब्ध तथ्यांकअनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरु २ करोड रुपैयाँदेखि ३३ करोड रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका छन् । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको र सबैभन्दा थोरै प्रिमियर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेका हुन् ।

यसबाहेक ७ वटा कम्पनीले २० करोडदेखि ३३ करोड रुपैयाँसम्म, १० वटा कम्पनीले १० करोडदेखि २० करोड रुपैयासम्म र ३ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ३३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले ३० करोड रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्सले २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा सिद्धार्थ इन्स्योरेन्सले २६ करोड, हिमालयनले २३ करोड र एनएलजीले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा दि ओरेन्टियलले १७ करोड, युनाइटेडले १५ करोड, प्रभुले १३ करोड, आइएमइले १३ करोड, अजोडले १२ करोड, नेपाल इन्स्योरेन्सले ११ करोड, एभरेष्ट इन्स्योरेन्सले ११ करोड, लुम्बिनी इन्स्योरेन्सले १० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

साथै, चालु आवको पहिलो महिनामा जनरल इन्स्योरेन्सले ७ करोड, सानिमा इन्स्योरेन्सले ६ करोड र प्रिमियर इन्स्योरेन्सले २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

कुन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क कति ?


क्लिकमान्डु