उद्योगी अनिल जाटियाको निधन



काठमाडौं । उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । मंगलबार राति हृदयात भएपछि उपचारका क्रममा उनको निधन भएको हो ।

मंगलबार राजधानीको याक एण्ड यति होटलमा एसियन कंक्रिटोको विषयमा पत्रकार सम्मेलनमा उपस्थित उनलाई त्यही हृदयघात भएको थियो । उनी ५८ वर्षका थिए । उनलाई उपचारका लागि टिचिङ अस्पतालमा लगिएको थियो ।

उनको आजै दाहसंस्कार गरिनेछ ।


क्लिकमान्डु