निर्जीवन बीमा कम्पनीका अभिकर्ताले कमिसनवापत लिए ५७ करोड



काठमाडौं । अर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन वापत ५७ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीहरुले १३.८० प्रतिशत बढी खर्च गरेका हुन् । जुन झण्डै ७ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीहरुले ५० करोड ५७ लाख रुपैयाँ खर्च गरेका थिए ।

गत आवमा निर्जीवन बीमा कम्पनीले ७ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म खर्च गरेका छन् । केही बीमा कम्पनी बाहेक सबै बीमा कम्पनीले गत आवको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये ३ वटा कम्पनीले ४ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म, ९ वटा कम्पनीले २ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म, ४ वटा कम्पनीले १ करोड ८० लाख रुपैयाँभन्दा कम खर्च गरेका छन् ।

गत आवमा अभिकर्ता कमिशन वापत एनएलजी इन्स्योरेन्सले सबैभन्दा बढी र राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम खर्च गरेको छ । यसैगरी, नेशनल र ओरियन्टल इन्स्योरेन्सले भने आफ्नो वित्तीय विवरण अझै प्रकाशित गरेका छैनन् ।

साथै, २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटा कम्पनीले अघिल्लो आवको तुलनामा अभिकर्ता कमिशन बढाएका छन् । यीमध्ये ३ वटा कम्पनीले भने अघिल्लो आवको तुलनामा अभिकर्ता कमिशन घटाएका छन् ।

कति पाउछँन् अभिकर्ताले कमिसन ?
निर्जीवन बीमा कम्पनीका अभिकर्ताले अधिकतम ५ प्रतिशत कमिसन पाउँछन् ।

उदाहरणका लागि अभिकर्ताले एक वर्षे बीमा अवधि भएको एक लाख रुपैयाँ बराबरको बीमालेख बिक्री गर्छ भने कम्पनीद्धारा उत्त बीमालेखको वार्षिक प्रिमियम ५ हजार निर्धारण गरिन्छ । यसो हुँदा अभिकर्ताले कमिसन वापत प्रिमियमको ५ प्रतिशत अर्थात २ सय ५० रुपैयाँ पाउँछ ।

बीमा समितिले यो नियम पारित गर्नुभन्दा पहिले, निर्जीवन कम्पनीबाट अभिकर्ताले ग्राहकबाट संकलित प्रिमियमको १५ प्रतिशतसम्म कमिसन पाउँथे ।

अघिल्लो आवको तुलनामा खर्च बढाउने कम्पनी
प्रुडेन्सियल इन्स्योरेन्स
: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ५ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५.३२ प्रतिशत अर्थात २ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ३ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६६.१४ प्रतिशत अर्थात ५१ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

अजोड इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ४ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४४.६२ प्रतिशत अर्थात १ करोड २५ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो ।
हिमालयन जनरल इन्स्योरेन्स ः गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.५९ प्रतिशत अर्थात ३२ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेको इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ५ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.०५ प्रतिशत अर्थात ९१ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ४ करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

एनएलजी इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.९४ प्रतिशत अर्थात ८४ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खर्च गरेको थियो ।

आईएमई जनरल इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.२५ प्रतिशत अर्थात ४८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ३८ लाख रुपैयाँ खर्च गरेको थियो ।

एभरेष्ट इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.७१ प्रतिशत अर्थात २४ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको थियो ।

युनाइटेड इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.०६ प्रतिशत अर्थात २५ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले १ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५० प्रतिशत अर्थात ३८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खर्च गरेको थियो ।

सगरमाथा इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ४ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.२९ प्रतिशत अर्थात ५२ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेपाल इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत अर्थात १३ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २ करोड २४ लाख रुपैयाँ खर्च गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनी: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ७५ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.२६ प्रतिशत अर्थात ३ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ७१ लाख रुपैयाँ खर्च गरेको थियो ।

शिखर इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.२२ प्रतिशत अर्थात ५ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खर्च गरेको थियो ।

जनरल इन्स्योरेन्स नेपाल: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत अर्थात ६० हजार रुपैयाँले बढी हो । अघिल्लो आवमा भने कम्पनीले १ करोड २४ लाख रुपैयाँ खर्च गरेको थियो ।

अघिल्लो आवको तुलनामा खर्च घटाउने कम्पनी
सिद्धार्थ इन्स्योरेन्स:
गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.१८ प्रतिशत अर्थात ५४ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रिमियर इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत २ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.१७ प्रतिशत अर्थात ४५ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा भने कम्पनीले २ करोड ९७ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रभु इन्स्योरेन्स: गत आवमा कम्पनीले अभिकर्ता कमिशन वापत ३ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.३५ प्रतिशत अर्थात ६८ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ खर्च गरेको थियो ।


क्लिकमान्डु