कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने



काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । मंगलबार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

काठमाडौंको ताहचलस्थित सोल्टी होटलका साथै नेपालगञ्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियर होटलमा पनि उक्त छुट प्राप्त हुनेछ । जसमा बैंकका कर्मचारी तथा ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकका मुलुकभर १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर, ७५ वटा एटीएम सञ्चालनमा छन् ।


क्लिकमान्डु