प्रभु क्यापिटलले ल्यायो ‘प्रभु ऐश्वर्य योजना’



काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ ।

महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी महिलाहरुको आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यले प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने कम्पनीको भनाइ छ । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याइएको हो ।

यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु