नेपाल इन्भेष्टमेन्ट बैंकको ८७औं शाखा सिन्धुलीको कमलामाईमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ८७औं शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन मेयर खड्कबहादुर खत्री बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे ।

सिन्धुली माडी शाखाले वित्तीय पहुँच बिस्तार तथा वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यलिे स्थानीय मागलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उद्देश्य लिएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।


क्लिकमान्डु