ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक



काठमाडौं । नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो । 

सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका सँस्थापक सिइओ ज्ञानेन्द्र खड्काले  बताए ।

छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरि नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएकामध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र हेरिएको संख्या हुन्छ र सोही अनुसारनै उत्कृष्ट २५ मा पुग्नेछन ।  

यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिडियो हेरिएको हुन्छ सोही प्रतियोगी नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् । 

ग्यापु मार्केटप्लेसको आधिकारिक वेबसाइट  (gyapu.com) मा गएर  उत्कृष्ट ५० को नाम हेर्न सकिनेछ ।


क्लिकमान्डु