सेयर बजार राताम्मे, ६९ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा सीमित भएको छ । यो दिन २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ सबैमा गिरावट देखिएको छ ।

यो दिन रुरु जलविद्युत् परियोजना, माउन्टेन हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्तलगायतका कम्पनीको सेयर मूल्य घटेको छ भने कर्णाली विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु