जीवन विकास लघुवित्तको सेयर मूल्य घट्न थाल्यो



काठमाडौं । दोस्रो बजारमा सूचिकृत भएसँगै लगातार सकारात्मक सर्किटका साथ उकालो लागेको जीवन विकास लघुवित्त कम्पनीको सेयर मूल्य घट्न देखिन थालेको छ । मंगलबार कम्पनीको सेयर मूल्य ३ प्रतिशतले घटिसकेको छ ।

प्रतिकित्ता ५५१६ रुपैयाँ ९० पैसासम्म पुगेको कम्पनीको सेयर मूल्य मंगलबारको कारोबार हुँदा ५ हजारभन्दा तल झरेको छ ।

१ हजार रुपैयाँ लगानी गरेर होल्ड गरेका लगानीकर्ताहरुलाई एक महिनामै ५० हजार रुपैयाँ प्रतिफल कम्पनीले दिइसकेको छ । यस्तो अवस्थामा सेयर लगानीकर्ताहरु कम्पनीको सेयर बिक्री गर्ने कि होल्ड गर्ने भन्ने द्विविधामा पनि छन् ।


क्लिकमान्डु