लाइसेन्सको ट्रायल परीक्षा आगामी २० गतेदेखि सञ्चालन हुने



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा आगामी भदौ २० देखि सञ्चालन हुने भएको छ ।

बागमती प्रदेशअन्तर्गत ललितपुर यातायात व्यवस्था कार्यालयले आज सूचना निकालेर आगामी २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको जानकारी दिएको हो ।

कार्यालयले गत वैशाख १५ गतेदेखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागले गत १० गते स्वीकृत गरेको हुनाले आगामी भदौ २० गतेदेखि सञ्चालन गर्न लागेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः प्रयोगात्क परीक्षमा सहभागी बाँकी परीक्षार्थीहरू आउन कार्यालयले अनुरोध गरेको छ ।

साथै, कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीहरूसमेत आउन कार्यालयले अनुरोध गरेको छ ।


क्लिकमान्डु