बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवाका लागि सम्झौता



काठमाडौं । बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

जसअनुसार शुरुवातमा काठमाडौं, भैरहवा, पोखरा शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि सेवा दिनेछन् । कार्गो सेवा सुरक्षितका साथै संक्रमणरहित हुने बुध्द एयरले प्रेस विज्ञप्तिमा जनाएको छ ।

यो सेवा उपायडटकमको मोबोइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो संकलनका लागि बोलाउन सकिन्छ ।


क्लिकमान्डु