सेयर बजार राताम्मे, नेप्से ४९.१६ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार राताम्मे भएको । फाइनान्स बाहेकका उपसमूहमा गिरावट देखिँदा नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० अंकमा सीमित भएको छ ।

यो दिन १८० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन कुल २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रुरु जलविद्युत् परियोजना कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु