कोरोना कहरमा परेको अमेरिकी अर्थतन्त्रमा सुधार
एजेन्सी । अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि पछिल्लो पटक सार्वजनिक गरिएको सरकारी तथ्यांकमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ ।
वाणिज्य मन्त्रालयले भनेको छ, सन् २०२० को सोही महिनाको तुलनामा जुलाईमा व्यक्तिगत खर्चको मूल्य सूचांक द्रूत गतिमा वृद्धि भई मुद्रास्फीति ४.२ प्रतिशत कायम भएपनि समग्रमा आर्थिक सूचकाङ्कले सुधारको सङ्केत गरेको छ ।
अघिल्लो महिनाको तुलनामा आम्दानी १.१ प्रतिशतले वृद्धि भयो भने खर्च ०.३ प्रतिशतमा सीमित रहेको छ । विश्लेषकहरूले कोभिड–१९ को द्रूत गतिमा फैलिरहेको डेल्टा भेरिएन्टको कारण केही उपभोक्ताहरूले सामान्य अवस्थामा जस्तो खर्च गर्न नखोजेको भेटिएको बताएका छन् ।
अक्सफोर्ड इकोनोमिक्सकी लिडिया बुसौरले तथ्यांकलाई केलाउँदै भने, ‘महामारीको थकानले तीव्र भावनात्मक प्रतिक्रियाहरू आउने गरेको पाइन्छ तथापि हामीलाई विश्वास के छ भने शान्त उपभोक्ताको कारण उपभोक्ता खर्चमा नियन्त्रण भएको छ जसका कारण अर्थव्यवस्था उल्टो हुँदैछ ।’
वाणिज्य मन्त्रालयले राष्ट्रपति जो बाइडेनको विस्तारित बाल कर क्रेडिटलगायतका मार्चमा आएका नागरिक प्रोत्साहन प्याकेजको अनुमोदनजस्ता सरकारी नीतिहरूले आय वृद्धिलाई बढाएको छ र कर्मचारीलाई दिइएको क्षतिपूर्तिको वृद्धिले पनि यसमा भूमिका खेलेको थियो ।
साधारणतया महामारीका कारण अमेरिकी अर्थतन्त्र कमजोर बनेको भएपनि आपूर्तिको कमीका साथसाथै श्रम अभावले गर्दा केही उद्योग मालिकहरूले ज्याला बढाउन थालेका छन् । यसले गर्दा मुद्रास्फीति बढेको छ र जुलाईको वृद्धि अघिल्लो बर्षको जून महिनाको भन्दा चार प्रतिशतभन्दा बढी रहेको छ ।
फेडरल रिजर्वले आफ्नो मूल्यवृद्धिको रुचाइएका नापको रूपमा पीसीई प्रयोग गर्दा उक्त तथ्यांकले उनीहरूलाई आफ्नो सरल मुद्रा नीतिलाई कम गर्न दबाब दिन सक्छ ।
अमेरिकी उपभोक्ताको सामान्य खर्च जुन महिनाको १.१ प्रतिशतभन्दा गत महिना निकै कम देखिएको छ । उपभोक्ताहरूले सेवाहरूको खर्च १०२.६ अर्ब अमेरिकी डलरले बढाएका तर सामानको खर्च ६०.४ अर्ब अमेरिकी डलरले कम गरेको भेटिएको छ ।