श्रीलंकन एयरलाइन्सले उडानका लागि पायो अनुमति, पहिलो चरणमा २ वटा उडान भर्ने



काठमाडौं । श्रीलंकन एयरलाइन्सले पहिलो पटक नेपालमा हवाई उडान भर्नका लागि अनुमति प्राप्त गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा २ वटा उडान भर्नका लागि अनुमति प्रदान गरेको छ ।

नेपालमा हवाई उडानका लागि लामो समयदेखि गरेको श्रीलंकन एयरलाइन्सको प्रयास अहिले आएर सफल भएको क्यानको भनाइ छ ।
‘पछिल्लो ८÷९ महिनादेखि नेपालमा उडानका लागि श्रीलंकन एयरलाइन्सले अनुमति माग गरेको थियो । अहिले मात्रै स्वीकृत गरिएको छ,’ क्यानले जानकारी दिएको छ ।

क्यान अनुसार एयरलाइन्सले एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानबाट उडान भर्नेछ । क्यानका अनुसार हाललाई शुरुमा २ वटा उडान अगष्ट ३१ मा पहिलो उडान र सेप्टेम्बर ४ मा दोस्रो उडानका लागि अनुमति प्रदान गरिएको हो ।

शुरुमा हुने २ वटा हवाई उडानपछि सेक्युरिटी एसेसमेन्टपछि नियमिततर्फ थप उडानका लागि अनुमति प्रदान गरिनेछ । क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फउ प्रस्थान गर्ने तालिका रहेको छ ।


क्लिकमान्डु