बढुवा भएको १ महिनामै कृष्णहरि पुस्करलाई राजस्व सचिवको जिम्मेवारी



काठमाडौं । सरकारले राजस्व सचिवमा कृष्णहरि पुस्करलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई राजस्व सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । पुस्कर गत असार तेस्रो सातामात्र सचिवमा बढुवा भएका हुन् ।

वरिष्ठ सचिवहरुहरुको सम्भावनालाई पाखा लगाउँदै उनले यो अवसर पाएका हुन् ।

सचिव बढुवा भएपछि प्रदेशमा गएर काम गर्नुपर्ने नियम भएपनि पुस्करको हकमा सरकारले त्यो नियमसमेत मिचेको छ ।

अहिले सरकारले अध्यादेशमार्फत् आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर संशोधन गर्ने बताइरहँदा बजेट संशोधन र राजस्वसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पनि पुस्करले पाएका छन् ।

यसअघिका राजस्व सचिव रामशरण पुडाशैनीले गत साउनमा अनिवार्य अवकास पाएपछि यो पद रिक्त थियो ।


क्लिकमान्डु