६० करोड लगानीमा बुढानिलकण्ठमा शुरु भयो बुटिक होटल पवेरा, यस्तो छ प्याकेज



काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो पर्यटन । त्यसमा पनि होटल क्षेत्रमा कोरोनाको असर निकै ठूलो छ । कोरोना महामारी शुरु भएसँगै बन्द भएका कैयन होटलहरु अहिले पनि खुल्न सकेका छैनन भने होटल क्षेत्रमा आश्रित कैयन श्रमिकहरुले जागिर गुमाउने परेको अवस्था छ ।

अधिकांश तारे होटलहरुले बैंकहरुबाट पुनरकर्जालगायतका सुविधा उपभोग गर्दै श्रमिकलाई तलब भुक्तानी गरिहेको अवस्थामा विज्ञहरु अझै डेढदेखि २ वर्षसम्म वर्तमान संक्रमणकालीन अवस्थाले नै निरन्तरता पाउने बताउँदै आएका छन् ।

कोरोनाले प्रताडित बनाएको होटल क्षेत्रमा ठूलो लगानीमा प्रवेश गर्नेहरुको संख्या पनि लोभलाग्दो छ । कोरोना महामारी शुरु हुनुभन्दा अघिदेखि निर्माणको जग हालेका भवनदेखि कोरोना महामारीका बीचमै भवन निर्माणको बिउ रोप्नेको संख्या पनि उत्साहजनक रहेको पाइन्छ ।

कोरोना कहरकै बीच काठमाडौंको बुढानिलकण्ठमा पवेरा बुटिक होटलले सञ्चालन शुरु गरेको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवासहित नेपालीपन र संस्कृतीसहित आतिथ्य क्षेत्रमा फरक पहिचान स्थापित गर्ने उद्देश्यले गत साउन १ गतेदेखि होटल सञ्चालनमा आएको हो ।

लामो समयसम्म घर जग्गा व्यवसायमा रमाएका हात्तीगौडाका व्यवसायी राधेश्याम थापाले ६० करोड रुपैयाँ लगानीमा होटल निर्माण गरेका हुन् । राजधानी काठमाडाैंदेखि नजिकै तर प्रकृतिको समीपमा विदा मनाउन चाहनेका लागि निकै उपयोगी हुने गरी होटल निर्माण गरिएको हो ।

परम्परागत र कलात्मक सजावाटका कारण होटेललाई विशेष पहिचान दिलाउने प्रयास गरिएको छ । होटलको माथिल्लो तल्लाबाट शिवपुरी जंगल, गुम्बा, तारेभिर र बुढानिलकण्ठ मन्दिरलगायतका दृष्यावलोकन गर्न पाइन्छ ।

कुल ६२ रुम क्षमता भएको सो होटलमा हाल ६ वटा स्वीट र ३२ वटा साधारण गरी ३८ वटा रुम छन् । हाल कोरोनाका कारण पूर्णरुपमा सञ्चालनमा नआइसकेको होटलमा हाल २२ जनाले मात्रै रोजगारी पाएको उनको भनाइ छ ।

बुढानिलकण्ठ नगरपालिकास्थित रुद्रेश्वर चोकमा रहेको सो होटलमा नेपाली परम्पराको झल्को दिने गरी निर्माण गरिएको नेपालको एक मात्र ४ तारे बुटिक होटल रहेको उनको दावी छ ।

परम्परागत मौलिक नेपाली पहिचानका साथै मनोरम दृश्य, सुन्दर शान्त र आनन्ददायी वातावरण्मा आकर्षक तथा अतिरिक्त आधुनिक सुविधाहरुको आकर्षक प्याकेज पस्किने पवेरा होटलका प्रवन्ध निर्देशक राधेश्याम थापाले जानकारी दिए ।

होटलमा गरिमा विकास बैंकको ७० प्रतिशत कर्जा लगानी र बाँकी व्यक्तिगत रुपमा आफूले लगानी गरेको उनको भनाइ छ ।

‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन सम्पूर्ण होटल र पर्यटन व्यवसायमा नै नयाँ आयाम हो’ थापाले भने, ‘बुटिक होटलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ ।’

साढे २ रोपनी क्षेत्रफलमध्ये होटलको भवन १ रोपनी ४ आनामा निर्माण गरिएको छ । बाँकी रहेको जग्गामा निकट भविष्यमै थप भवनहरु बनाइने उनको योजना छ ।

सर्वोत्कृष्ट बनावट: शाही दरबार जस्तो बनावटमा निर्माण गरिएको पवेरा होटलको बाहिरी आवरण निकै आकर्षक छ । रोयल लुक्सका सामग्री, स्थानीय उत्पादन, हस्तकलाका सामग्री प्रयोग गरी सजावट गरिएको हुँदा भित्री सजावट झनै आकर्षित छ । सुविधा सम्पन्न भित्री बनावटलाई पनि त्यत्तिकै मेहनतमा निर्माण गरिएको छ । होटलमा अत्याधुनिक सुविधाका वाथ टप, सातौं तल्लामा स्विमङ पुल, जाकुजी र जिम खाना निर्माण गरिएको छ ।

रुमः पवेरा वुटिक होटलमा कुल ६२ वटा रुम क्षमता छ । तर हाल ६ वटा स्वीटसहित ३२ वटा साधारण रुमहरुमात्र सञ्चालनमा ल्याइएको छ । पवेरामा साढे ६ हजारदेखि ४५ हजारसम्मका रुम छन् । साधारण रुमको ७ हजार र स्वीटको २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ ।

होटलका ६ वटा स्वीट रुममा साउना, जाकुजी, मिनी तथा पूmल बार छन् । जसमध्ये ४५ हजारको स्वीट रुममा २ जना बस्न मिल्ने जाकुजी, साउना, फ्रि पूmलबार र बे्रक फाष्ट, लञ्च, डिनर प्योकजमा छ । साथै, २५ हजार रुपैयाँसम्मको स्वीट रुममा फ्रि मिनीबार, वाइन, बे्रक फाष्ट, डिनर प्योकजमा छ । स्वीट रुमका ३ वटाका जाकुजी छन् भने, ३ वटा रुममा वाथटव छन् । होटलका सबै रुममा मिनीबार छन् ।

खाना/परिकार: होटलमा नितान्त नेपाली र साधारण गरी २ वटा रेष्टुराँ छन् । नेपाली रेष्टुराँमा विषेशः बढा खाना, राना थाली, थकाली थाली र शाही नेपाली खाना पाइन्छ । जसमा बदेल साँदको, छोइला, तासलगायत अन्य परम्परागत नेपाली खानाहरु मेनुमा समावेश गरिएको छ ।

प्योकज तथा अफर: साधारण रुपको प्याकेजमा एक दिन र एक रातका लागि ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । जसमा २ जनाका लागि नेपाली थाली र ब्रेक फाष्ट समावेश गरिएको छ । तर, ६ जनासम्मको ग्रुपमा आउनेलाई प्रतिरुममा साढे ६ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

कोरोनाका कारण हाल विषेश अफरहरु नल्याइएको हुँदा अवस्था सामान्य भएपछि अन्य आफरहरु ल्याइने होटल व्यवस्थापन जनरल म्यानेजर राजु घिमिरेले जानकारी दिए ।

अहिले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने अफर तथा सेवा सुविधामा मात्र ध्यान रहेको हुँदा बाह्य पर्यटक आउन थालेपछि सोलाई समेत लक्षित गरी अफर ल्याइने उनको भनाइ छ ।


दिलु कार्की