योजना आयोगले पायो पूर्णता, थप २ सदस्य नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप २ सदस्य नियुक्त गरेको छ । रिक्त रहेका पदमा नियुक्तीसँगै आयोगले पूर्णता पाएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले बुधबार मात्रै आयोगको सदस्यमा प्रा. डा. सोहनलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगको उपाध्यक्षमा सरकारले गत साउन १२ गते डा. विश्वनाथ पौडेलसँगै सदस्यमा डा. दिलबहादुर गुरुङ र रामकुमार फुँयाललाई नियुक्त गरेको थियो । यसबीचमा आयोगको सदस्य पदमा उमाशंकर प्रसादलाई समेत नियुक्त गरिसकेको छ ।


क्लिकमान्डु