मूल्यवृद्धि २.५५ प्रतिशत बिन्दुले घट्यो, सबैभन्दा थोरै काठमाडौंमा



काठमाडौं । उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ३.६० प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदनले यस्तो देखाएको हो ।

जुन अघिल्लो आवको सोही अवधिको भन्दा २.५५ प्रतिशत बिन्दुले कम हो । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक आवकोे तुलनामा गत आवमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । ०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो ।

गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो ।

यसैगरी, गत आवमा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति गत आवमा काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीतिमा गत आवको असारमा वार्षिक बिन्दुगत आधारमा नेपालमा ४.१९ प्रतिशत र सन्२०२१ को जुलाईमा भारतमा ५.५९ प्रतिशत रहेको छ ।

गत आवमा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । २०७८ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।


क्लिकमान्डु