ट्राफिक व्यवस्थापनमा नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने



काठमाडौं । नाडा अटो मोबाइल डिलर्स एसोसिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने भएको छ ।

नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटेर उक्त महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियम पालना तथा नो हर्न कार्यक्रममा सहकार्य गर्ने भएको हो ।

नाडाले विगत देढ दशक अघिदेखि महानगरीय महाशाखालाई भौतिकरुपमा समेत सहयोग पुर्याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।


क्लिकमान्डु