शोधनान्तर स्थिति सवा अर्ब रुपैयाँ बचतमा



काठमाडौं । एक वर्षमा देशको शोधनान्तर (भुक्तानी सन्तुलन) एक अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले सो देखाएको हो ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

समीक्षा आवधिमा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो आवमा चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको छ ।

गत आवमा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु