सानिमा बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला



काठमाडौं । सानिमा बैंकले सीएसआर अन्तर्गत विपन्न वर्गका समूदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले सन् २०१२ देखि काठमाडौ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २-२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिदैं बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार रुपैयाँ नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।


क्लिकमान्डु