भायानेटको अफरः इन्टरनेट र टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा



काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक अफर ल्याएको छ ।

यसअन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सीम सित्तैमा पाउने छन् ।

उक्त सिममार्फत् ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने छन् । त्यस्तैगरी, यो सिममार्फत् ग्राहकले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ ।


क्लिकमान्डु