हिमालयन बैंकद्वारा शहिद गंगालाल अस्पताललाई सहयोग प्रदान



काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बाँसबारीस्थित ‘शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि वार्डहरु मर्मत गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

अस्पतालमा भएका वार्ड जीर्ण भएकाले सेवाग्राही तथा चिकित्सकका लागि समेत समस्या परेकाले बैंकले उक्त वार्ड मर्मत गरी हस्तान्तरण गरेको हो ।


क्लिकमान्डु