गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने



काठमाडौं । गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले ‘गरिमा तीजको लहर’ नामक टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनी सहभागी बन्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनेले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक सन्देश दिने खालको भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगिताको विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ जित्नेछन् । साथै उत्कृष्ट भिडियो बनाउनेले २ हजार रुपैयाँ जित्नेछन् ।

विजेताको घोषणा भिडियोमा आउने लाइकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । प्रतियोगिताको अवधि भदौ १० गतेदेखि भदौ २४ गतेसम्मका लागि हुनेछ ।

प्रतियोगीले भिडियाको क्याप्सनमा #GarimaTeejkolahar#Garimabikasbank ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।


क्लिकमान्डु