नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङ कम्पनीबीच सम्झौता



काठमाडौं । नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकले कम्पनीबाट गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झैता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रबद्र्धन महाप्रबन्धक अनुपमणी ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल ८८ शाखा कार्यालय, १९ वटा एक्सटेन्स काउन्टर, ७ प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट कार्यालयका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु