वैदेशिक लगानीमा सामान्य वृद्धि



काठमाडौं । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवमा १९ अर्ब ४८ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ करोड रुपैयाँले बढेर १९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

साथै आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ ।


क्लिकमान्डु