जीवन विकास लघुवित्तको सेयर मूल्य ५ हजारभन्दा माथि, १ हजार लगानी गर्नेले कमाए ५२ हजार



काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ उकालो लागेको कम्पनीको सेयर मूल्य बिहीबार पनि सकारात्मक सर्किटलाई कायम राख्दै ५ हजार रुपैयाँभन्दा माथि पुगेको हो ।

गत साउन १४ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु गर्दा प्रतिकित्ता ९८९.१० रुपैयाँ थियो । त्यसपछि कम्पनीको सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।

आइपीओ बाँडफाँटमा १ हजार रुपैयाँ लगानी गरी १० कित्ता पाउने लगानीकर्ताको मूल्य अहिले बढेर ५१ हजार ९८० रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँ छ भने कम्पनीको कुल ६० लाख ८४ हजार कित्ता दोस्रो बजारमा सूचीकृत छ । कम्पनीको बजारपुँजीकरण बिहीबारसम्म ३१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु