ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९% मै विद्युतीय सवारी कर्जा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राइभ उत्सव योजना ल्याएको छ । यस योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारी कर्जालगायतका बिभिन्न सवारी साधन योजनाहरु सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मका अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ ।

यो योजना निश्चित अवधिका लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।


क्लिकमान्डु