कति छ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीसँग सम्पत्ति ?



काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ्गले जग्गा तथा सुन लगायतका विवरण सार्वजनिक गरेका छन् ।

गुरुङ्गका नाममा लमजुङ्गको दुधपोखरीमा १ लाख ५३ हजार १९ वर्गमिटरमा फैलिएको घर छ । उनले पैतृक सम्पत्तिमा दूधपोखरीमा ३०८.०५ वर्गमिटर जग्गा देखाएका छन् भने शहीद राहत स्वरुप प्राप्त १० लाख ५० हजार रुपैँयाले चितवनको कविलास र मकवानपुरमा जग्गा खरिद गरेको विवरण पेश गरेका छन् ।

गुरुङ्गले ३ तोला सुन पैतृक सम्पत्तिमा प्राप्त भएको विवरण देखाएका छन् । गुरुङ्गको प्रभु बैंकमा ३० हजार, सानिमा बैंकमा ६ लाख ५० हजार र एभरेष्ट बैंकमा १ लाख ८० हजार रकम छ । गुरुङ्गको नाममा २ लाख १५ हजार पर्ने स्कुटर रहेको विवरण छ तथा कुनैपनि ऋण उनका नाममा रहेको छैन ।


क्लिकमान्डु