निर्जीवन बीमा कम्पनीको खुद नाफा ५% ले बढ्यो, युनाइटेड इन्स्योरेन्स अग्रस्थानमा



काठमाडौ । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आवको तुलनामा ५.०८ प्रतिशतले बढेको हो ।

गत आवमा २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटा कम्पनीले खुद नाफा बढाएका छन् भने ३ वटा कम्पनीले खुद नाफा घटाएका छन् । यीमध्ये २ वटा कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

अघिल्लो आवमा ४ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका निर्जीवन बीमा कम्पनीले गत आवमा ४ अर्ब ६६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् जुन २२ करोड ५७ लाख रुपैयाँले बढी हो ।

युनाइटेड इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा खुद नाफा ३३०.३८ प्रतिशतले बढाएको छ । अघिल्लो आवकोे तुलनामा कम्पनीले ५ करोड ७७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यसैगरी, जनरल इन्स्योरेन्सको पनि अघिल्लो आवको तुलनामा ७८ प्रतिशतले खुद नाफा बढेको छ । अघिल्लो आवमा ५ करोड ५ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत वर्षमा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ३ करोड ९५ लाख रुपैयाँ ले बढी हो ।

साथै, सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ५५.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ३ करोड ६ लाख रुपैयाँले बढी हो ।

यसैगरी, अजोड इन्स्योरेन्सले पनि अघिल्लो आवको तुुलनामा ४९.७५ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आवमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ९ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड १६ लाख रुपैयाँले बढी हो ।

यता नेपाल इन्स्योरेन्सको खुद नाफा पनि ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा ३४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८ करोड ६५ लाख रुपैयाँले बढी हो ।

यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २७.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १३ करोड ८६ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा १७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ३ करोड ८२ लाख रुपैयाँले बढी हो ।

साथै, एनएलजि इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २५.४८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २० करोड १० लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा २५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५ करोड १२ लाख रुपैयाँले बढी हो ।

यता सगरमाथा इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा १८.५८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३८ करोड ८ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ४५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ७ करोड ७ लाख रुपैयाँले बढी हो ।

साथै, नेको इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा १५.५० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ करोड २५ लाख रुपैयाँले बढी हो ।

यसैगरी, आईएमई जनरल इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा ११.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा २३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ४३ लाख रुपैयाँले बढी हो ।

शिखर इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ५.६८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४५ करोड एक लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा २ करोड ५५ लाख रुपैयाँले बढी हो ।

यसैगरी, प्रिमियर इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ५.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १ करोड ९८ लाख रुपैयाँले बढी हो ।

साथै, सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ०.७१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३० करोड २ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा २१ लाख रुपैयाँले बढी हो ।

यसैगरी, प्रभु इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा ०.६१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा २६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १६ लाख रुपैयाँले बढी हो ।

साथै, एभरेष्ट इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ०.६१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्षमा २० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिललो आवकोे तुलनामा १२ लाख रुपैयाँले बढी हो ।

चार निर्जीवन कम्पनीको खुद नाफा घट्यो
१५ वटा निर्जीवन बीमा कम्पनीको खुद नाफा आर्जन बढ्दा ३ वटा निर्जीवन बीमा कम्पनीको खुद नाफा आर्जन भने अघिल्लो आवको तुलनामा घटेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले अघिल्लो आवकोे तुुलनामा खुद नाफा १०.३६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १ करोड ७९ लाख रुपैयाँले कम हो ।

साथै, लम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा पनि घटेको छ । अघिल्लो आवकोे तुुलनामा कम्पनीको खुद नाफा १५.४८ प्रतिशतले घटेको हो । अघिल्लो आवमा २० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड १६ लाख रुपैयाँले कम हो ।

यसैगरी, राष्ट्रिय बीमा कम्पनीको खुद नाफा पनि अघिल्लो आवको तुुलनामा ४३.५७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ३६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २७ करोड ८२ लाख रुपैयाँले कम हो ।


क्लिकमान्डु