धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए राजीनामा



काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य भएका थिए ।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि यसअघि मंगलबार नै नेप्सेका सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिइसकेका छन् । तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने आफूले राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

ढकालको राजीनामासँगै अब महासंघको प्रतिनिधिका रुपमा बोर्डमा नयाँ सदस्य नियुक्त हुनेछन् ।


क्लिकमान्डु