गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको सम्पत्ति कति ?



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफूसँग तनहुँ र काठमाडौंमा जग्गा रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मुख्यमन्त्री नेपालीको नाममा जग्गासँगै तलब वापतको ५ लाख रुपैयाँ र पैतृक सम्पत्ति ५ तोला सुनमात्र छ ।

मुख्यमन्त्री नेपालीले आम्दानी ५ लाख रुपैयाँ देखाएर बैंकको ऋणभने ३० लाख रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री नेपालीसँग पैतृक सम्पत्ति ५ तोला सुनका र एभरेष्ट बैंकमा लतब वापतको ५ लाख रुपैयाँ मौज्दात छ । साथै, उनका नाममा तनहुँ फराकचौरमा ३ कित्ता र काठमाडौंको साङलामा १ कित्ता जग्गा छ । काठमाडौंको जग्गा उनले बैंकबाट १५ लाख रुपैयाँ कर्जा लिएर खरिद गरेको उल्लेख गरेका छन् ।

उनको श्रीमतीका नाममा भने नवलपूर गैँडाकोटमा आनामा बनेको साढे २ तले पक्की छ । उनले कृषि विकास बैंकबाट व्यक्तिगत कर्जा २५ लाख रुपैयाँ लिएका छन् ।


क्लिकमान्डु