नेप्से परिसूचक ४८.४२ अंकले घट्यो, जीवन विकास लघुवित्तको सेयरमा पोजिटिभ सर्किट कायमै



काठमाडौं । मंगलबार भारी अंकले गिरावट देखिएको नेप्से परिसूचकमा बुधबार पनि उसैगरी गिरावट देखिएको छ । नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४५ अंकमा सीमित भएको छ ।

यो दिन १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा कारोबार भएको छ । यो दिन १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबारको कारोबारमा उपसमूहतर्फ सबैमा गिरावट देखिएको छ ।

साथै जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आइसीएफसी फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा अरुण काबेली पावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावरलगायतका कम्पनी शीर्ष स्थानमा छन् ।


क्लिकमान्डु